किन हुन्छ मृगौला फेल : हाम्रा १० गल्ती, १० लक्षण र ७ खाना

kidney fail
लाेकपाटी न्यूज

काठमाडौं। मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट किलर पनि भनिन्छ। गलत खानपान वा औषधीको साइड इफेक्टका कारण पनि किड्नी खराब हुने हुन्छ। केही सावधानी अपनाए, रोगबाट बच्न सकिन्छ।

जानेर वा नजानेर हुने हाम्रा दैनिक आदतले पनि किड्नीलाई असर गरिरहेको हुन्छ। प्रायः मानिसको स्वास्थ्यको चासो रहेको किड्नीमा असर हुनुमा मानिसको लापरवाही मुख्य जिम्मेवार छन्। हामी आफै सचेत भएर मात्र मृगौला सम्बन्धि समस्याबाट बच्न सकिन्छ।

यहाँ मृगौलामा समस्या कसरी आउँछ, त्यसका लक्षण के–के हुन्, मृगौला रोगबाट कसरी बच्ने, हामीले के–के खाने ? लगायतका केही जानकारी प्रस्तुत गरेका छौं। तपाई पनि जानकारी राख्नुस् र आफ्नो परिवार तथा आफन्तलाई पनि यससम्बन्धि जानकारी दिएर रोगबाट बच्नुस्।

मृगौला फेल हुने नाै कारण :

१. चिसो सर्दी र चिसोको समस्या भइरहन्छ भने यसप्रति अज्ञानता नदेखाउनुहोस्। चिसोले पोस्ट इन्फेक्टिभ ग्लोमेरोनेफ्राइटिस नामक रोग लाग्छ। यसले किड्नीमा व्याक्टेरिया उत्पन्न गर्छ।

२. खानामा धेरै नून खाँदा वा अन्य नूनिलो खानेकुराले पनि किड्नी खराब बनाउँछ। नूनले सोडियम ब्लड प्रेसर गराउँछ, जसको असर किड्नीमा पर्छ। तसर्थ, नूनको प्रयोग कम मात्रामा गर्नुपर्छ।

३. पिसाब रोक्दा पिसाब थैली भरिन्छ। पिसाब भरिएर किड्नीसम्म पुग्छ। पिसाबमा हुने व्याक्टेरियाले किड्नीलाई हानी गर्छ। तसर्थ सकभर पिसाब नरोकौं।

४. पानी कम वा ज्यादा पिउनु शरीरलाई दैनिक ८ देखि १० गिलास पानी पिउनु जरुरी छ। थोरै पानी पिउदा पनि शरीरमा जम्मा भएको बिकारले किड्नीको नियमित कार्यलाई असर गर्छ। ज्यादा पानी पिउँदा पनि किड्नीलाई असर गर्छ।

५. चुरोट वा तमाखु खाने सिगरेट पिउँदा वा तमाखु खाँदा शरीरमा विष जम्मा हुन्छ, जसले किड्नी ड्यामेज गर्ने सम्भावना हुन्छ। धूमपानले प्रेसर बढाउँछ र अन्त्यमा किड्नीलाई असर गर्छ।

६. जापानमा गरिएको एक अनुसन्धान अनुसार धेरै कोल्ड ड्रिक्स वा चिसो पिउनेलाई पनि किड्नी ड्यामेजको सम्भावना हुन्छ। कोल्ड ड्रिक्समा हुने अर्थोफोस्फोरस एसिडले किड्नीलाई गम्भीर हानी गर्छ।

७. सामान्य मानिसको तुलनामा धेरै खाने मानिसलाई पनि किड्नीको समस्या हुन्छ। बढी खाँदा तौल बढ्छ। तौल बढी भएपनि किड्नीसँग सम्बन्धित विभिन्न समस्या हुन्छ।

८. ज्यादा ननभेज खानेकुरा मासुमा प्रर्याप्त मात्रामा प्रोटिन हुन्छ। धेरै प्रोटिनले किड्नीमा मेटाबोलिक लोड बढाउँछ र किड्नी स्टोनका समस्या ल्याउँछ।

९. दिनमा ७ देखि ८ घन्टा नसुत्ने मानिसमा उच्च रक्तचाप र मुटुको समस्या हुने गर्छ। तसर्थ, सुताइमा पर्याप्त ध्यान दिनुपर्दछ।

मृगौलासम्बन्धि दैनिक जीवनमा गर्ने दश गल्ती

१. पानी कम पिउने – यदि तपाई नियमित पानी पिउने गर्नु हुन्न भने यसको सबैभन्दा पहिलो र खराव प्रभाव मृगौलामा पर्छ। पानीको अभावले गर्दा मृगौलाले रगत सफा गरेर फोहोर फ्याँक्न कठिन हुन्छ। यसले उल्टो परिणाम दिन्छ, शरीरमा टक्सिन जम्मा हुन्छ।

२. नून बढी – खानामा चर्को नून खाने बानी छ भने यसले रक्त चाप बढाउँछ। यसले मृगौलामा दवाव पैदा गर्छ। तपाईले दिनमा ५ ग्रामभन्दा बढी नून खानु हानिकारक छ।

३. पिसाब रोक्ने – यदि पिसाब आउँदा पनि पछि जाउँला भनेर बस्ने बानी छ भने आजैदेखि बानी सुधार्नुस्। पिसाब रोक्ने बानीले मृगौलामा पत्थरी हुने र मृगौला फेल नै हुने खतरा समेत पैदा गर्छ।

४. गुलियो खाना – यदि गुलिया खानेकुरा धेरै बानी छ भने आजैदेखि छोड्नुस्। गुलियो बढी खाँदा यसले शरीरमा प्रोटीनको मात्रा बढी भएर मृगौलामा समस्या हुन्छ।

५. पोषणको अभाव – शरीरमा पोषक तत्वको अभाव भो भने मृगौला खराव हुन्छ। भिटामिन र म्याग्नेसियम भरपुर खानाले मृगौलामा पत्थरी हुन दिँदैन।

६. मासांहारी भोजन – मासुको पारखी हुनुहुन्छ र बढी नै मासु खाने बानी छ भने पनि तपाईको मृगौला समस्यामा छ। मांसाहारले शरीरको पाचन प्रक्रियालाई प्रभावित पार्छ, जसले मृगौलामा सोझै असर गर्छ।

७. अनिद्रा – रातिमा निद्रा नलाग्ने वा धेरै जागा बस्ने बानी पनि मृगौलाका लागि घातक छ। यसले मृगौला सम्बन्धि विभिन्न रोग ल्याउन सक्छ। निद्राले मृगौलालाई स्वस्थ राख्न सघाउँछ।

८. चिया कफी बढी सेवन – चिया कफी अत्याधिक मात्रामा पिउँदा पनि मृगौलामा समस्या हुन्छ। चिया कफीले शरीरमा क्याफिनको मात्रा बढाउँछ, जसले मृगौलामा भार पर्छ।

९. पेनकिलर सेवन – टाउको दुख्ने वित्तिकै वा सामान्य दुखाइ कम गर्न पनि गोली खाने बानी छ भने आजैदेखि छोड्नुस्। धेरै पेनकिलरको सेवनले तपाईको मृगौलामा प्रभाव पार्छ ।

१०. जाँड रक्सी – अल्कोहल अर्थात जाँड रक्सीको अत्याधिक सेवनले पनि मृगौला समस्यामा पर्छ। यसले मृगौला फेल हुने अत्याधिक सम्भावना हुन्छ।

मृगौला खराब भएको दश संकेत

१. छिटोछिटो पिसाब लाग्नु – यदि मृगौला खराब भएको छ भने बारम्बार वा छिटोछिटो पिसाब लाग्ने हुन्छ। विशेषगरि, रातको समयमा यस्तो समस्या बढी हुन्छ।

२. पिसाबमा समस्या – किड्नीमा समस्या आएको छ भने पिसाब गर्दा दुखाई हुन्छ। दुखाईका कारण पिसाब गर्न गाह्रो हुन्छ।

३. पिसाबमा रगत देखिनु – पिसाबमा रगत देखिएमा किड्नी खराब भएको हुन सक्छ। यस्तो देखिएमा सकेसम्म चाँडो चिकित्सक कहाँ गइहाल्नुपर्छ।

४. सुन्निनु – किड्नी खराब भएमा शरीरमा जमेको पानी र नुन निक्लिन पाउँदैन, जसले गर्दा शरीर सुन्निन थाल्छ। यस्तो अवस्थालाई इडिमा भनिन्छ।

५. रक्तअल्पता तथा कमजोरी – मृगौला खराब भई रगतमा अक्सिजनको सञ्चार राम्ररी हुन पाउँदैन, जसले गर्दा रक्तअल्पता र कमजोरी जस्ता समस्या देखिन थाल्छ।

६. छाला रोग – किड्नी खराबले शरीरबाट टोक्सिन्सस (बिषाक्त) बाहिर जान पाउँदैन र छालासम्बन्धि रोग देखिन थाल्छ।

७. मुख गन्हाउने – यदि किड्नीमा समस्या छ भने रगतमा युरिनको मात्रा बढ्छ, जसले गर्दा मुख गन्हाउँछ।

८. रक्तचाप बढ्नु – मृगौला खराब छ भन्ने कुरा रगतको चापबाट पनि थाहा पाउन सक्छौँ। रगतमा पानी र नुनको मात्रा बढ्नाले रगतको चाप बढेर जान्छ, जसलाई हामी किड्नी खराब भएको संकेत भनेर बुझ्नपर्छ।

९. बान्ता होला जस्तो महशुस – किड्नी खराब भएका कारण शरीरबाट बिकार बाहिर जान पाउँदैन, जसले गर्दा तपाईलाई सधै रिंगटा लागेजस्तो र बान्ता होला जस्तो महशुस भइरहन्छ।

१०. जोर्नी दुख्ने – सबैभन्दा साधारण लक्षण जोर्नी दुख्नु हो। यदि किड्नी खराब भएको छ भने माथिदेखि तलसम्मका जोर्नी दुख्ने हुन्छ।

मृगौला जोगाउने सात खाना

१. रातो खुर्सानी – रातो खुर्सानीमा पोटासियम, फस्फोरस, भिटामिन सी, फाइबर, फोलिक एसिड र भिटामिन बी ट उच्च मात्रामा हुन्छ । यसले मृगौलालालाई फाइदा गर्छ ।

२. बन्दा गोभी – बन्दा गोभीमा उच्च मात्रामा सोडियम, पोटासियम, फस्पोरसको मात्रा हुन्छ। मृगौलाका लागि यी तत्वको निक्कै जरुरत हुन्छ। यसको सकारात्मक पक्ष भनेको बन्दा गोभीमा फाइवर र भिटामिन सी समेत उच्च मात्रामा हुन्छ।

३. फूल गोभी – फूल गोभीमा पनि सोडियम, पोटासियम, फस्पोरसको मात्रा प्रयाप्त हुन्छ। त्यसैगरी यसमा भिटामिन सी, फाइवर पनि हुन्छ यसले मृगौलामा हुने समस्याबाट बचाउँछ।

४. लसुन – एक केस्रा लसुनमा १ मिलिग्राम सोडियम, १२ मिलीग्राम पोटासियम र ४ मिलीग्राम फोस्फोरस हुन्छ। यसले मृगौलालाई मात्र फाइदा गर्दैन कोलेस्ट्रोल समेत नियन्त्रण गर्छ। त्यस्तै लसुन क्यान्सरबाट बँच्नका लागि पनि फाइदाजनक हुन्छ।

५. स्याउ – सामान्य आकारको स्याउमा पनि १५८ मिलिग्राम पोटासियम, १० मिलिग्राम फस्पोरस हुन्छ। मृगौलालाई त यसले फाइदा गर्छ नै, अन्य विभिन्न रोगबाट समेत स्याउ सेवन फाइदाजनक मानिन्छ।

६. स्ट्रबेरी – आधा कप स्ट्रबेरीमा १ मिलिग्राम सोडियम, १२० मिलिग्राम पोटासियम र १३ मिलिग्राम फस्पोरस हुन्छ। यसमा उच्च मात्रामा एन्टीअक्सीडेन्ट पनि हुन्छ जसले मृगौलालाई कुनै समस्या हुनबाट बचाउँछ।

७. अण्डाको सेतो भाग – अण्डाको सेतो भाग पनि मृगौलाका लागि निक्कै फाइदाजनक मानिन्छ। अण्डाको सेतो भागमा २ ग्राम प्रोटिन, ११० मिलिग्राम पोटासियम र १० मिलिग्राम फस्पोरस हुन्छ। यसमा रहेको एमिनो एसिड मृगौलाको लागि राम्रो हुन्छ भने सामान्य स्वास्थ्यका लागि पनि राम्रो हुन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्