आज प्रिमियर लिगमा तीन खेल हुँदै

premier league
लाेकपाटी न्यूज

काठमाडौं,  ८ बैशाख। इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति तीन खेल हुँदै छन्। त्यसैगरी गएराति भएका खेलमा टोटनह्यामलाई १–० गोलअन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी पुनः इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।

घरेलु मैदान एतिहाद स्टेडियममा भएको खेलमा सिटीको जितमा युवा खेलाडी फिलिप फोडेनको ५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। जितसँगै सिटीले ३४ खेलबाट ८६ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको लिभरपुलको समान खेलबाट ८५ अंक छ।

शनिबारराति भएका खेलमा फूलहाम, वार्टफोर्ड र न्यूक्यासल युनाइटेड पनि विजयी भएका छन्।फूलहामले बर्नमाउथलाई १–० गोलअन्तरले पराजित गर्दा वार्टफोर्डले हडर्स्फिल्डमाथि २–१ तथा न्यूक्यासल युनाइटेडले साउथह्याम्पटनमाथि ३–१ को जित निकाल्यो।

शनिबारराति नै भएका अन्य खेलमा वेस्टह्याम युनाइटेड र लेस्टर सिटीले २–२ गोलको बराबरी खेल्दा उल्भरह्याम्पटन र ब्राइटनले गोलरहीत बराबरी खेल्दै अंक बाँडेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्