साहित्यकार दिलिप योञ्जनका मुक्तक संग्रहहरु सार्वजनिक

muktag sangraha
लोकपाटी न्यूज

धरान। कवि, मुक्तकार, गीतकार दिलिप योन्जन तामाङको नयाँ मुक्तक सङ्ग्रह “आगमन“ तथा अमर र अविरलको दोश्रो संस्करणको विमोचन धरानमा विमोचन भएको छ।

नेपालमा आएको समयमा उनीद्धारा लिखित मुक्तक संग्रहलाई धरानका साहित्यकार समक्ष सार्वजनिक गरिएको हो। साहित्यकारहरु विशाल नाल्बो, सुदिप पाख्रिन, चन्द्र्र गुरुङ्ग, पराजित पोमु, इन्दु नेपाल योञ्जन लगायतका साहित्यकारहरुको उपस्थिीति कार्यक्रममा रहेको थियो।

साहित्यकार दिलिप योन्जन तामाङका हालसम्म मान्छेको भीडमा, आस्था खोजिरहेछु, कबिता सग्रह गाउँबेसीमा फुलै फुल्यो गितिसंग्रह, अनुपम, अमुल्य, अजम्बरी, आफ्नै छाँयाले, अनुराग सिडि, अबिरल, अमर लगायतका सृजना प्रकाशित भएका छन्।

साथै उनले मुक्तकमा नेतृत्वको कारणबाट जनताले भोगेका पिडाहरु लाई मार्मिक रुपमा सटिक रुपमा साहित्यको माध्यमबाट व्यक्त गर्ने गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्