पत्रकारिता पेशा मर्यादित नभएसम्म सुशासन कायम हुन्न : मुख्यमन्त्री

Sherdhan Rai
लाेकपाटी न्यूज

विराटनगर, ९ वैशाख। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पत्रकारिता पेशा मर्यादित नभएसम्म मुलुकमा सुशासन कायम हुन नसक्ने बताएका छन्।

राष्ट्रिय समाचार समितिले सोमबार विराटनगरमा सुरु गरेको प्रादेशिक पत्रकारिता तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले भने ‘पत्रकारिता दरिलो नभई मुलकले समृद्धि हासिल गर्न सक्दैन, स्वतन्त्र पत्रकारितासँगै यो पेशा उतिकै रुपमा निष्पक्ष र अनुशासित हुनु जरुरी छ।’

उनले कतिपय अवस्थामा मिडियाको दुरुपयोग भइरहेको भन्दै सञ्चार माध्यम मर्यादित हुन जरुरी रहेको पनि बताए।
राष्ट्रिय समाचार समिति सरकार मातहत रहे पनि सरकारको ढाकछोप नगरी आलोचना गर्नुपर्ने पनि बताए।

राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारीले राष्ट्रिय समाचार समितिलाई हेर्ने पराम्परागत दिष्टिकोण त्याग्नुपर्ने बताए। तीन दिनसम्म चल्ने तालिममा प्रदेश १ का १४ जिल्लाका राससका संवाददाता सहभागी छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्