पढ्नुहोस्, तपाईको आजको राशिफल

rasifal
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विचार पुर्याएर निर्णय लिनु राम्रो होला। मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ। दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सहयोगी हातहरू अघि बढ्नेछन्। आफन्तको प्रगतिमा मन रमाउनेछ। पुनर्मिलनको योग रहेको छ। व्यापार व्यवसायमा फाईदा होला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दबाब र तनाव बढेको महसुस हुनेछ। महत्वपूर्ण अवसर गुम्न सक्नेछ। सन्तानपक्षको मायामा कमी आउने छ। यात्रामा सावधानी अपनाउनु पर्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन्। स्वास्थ्य सबल रहनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। शुभकार्यको चर्चा चल्नेछ। बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। आफन्त संग मनमुटाव बढ्ला। सामान हराउन सक्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ। चिताएको कामले तीव्रता लिनेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। नोकरी गर्नेले मानसम्मान पाउने छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्