नेपालमा पनि ट्याटुको क्रेज बढ्दै

pic tatoo
लाेकपाटी न्यूज

काठमाडौं,  १५ वैशाख। नेपालमा पछिल्लो समय शरीरमा विभिन्न आकृतिसहितका ट्याटु खोप्नु फेसनजस्तै भइसकेको छ।सेलिब्रेटीदेखि सर्वसाधारणसम्मले शरीरमा ट्याटु खोपाउन थालेका छन्।

पछिल्लो समय ट्याटुप्रति बढ्दो क्रेजलाई ध्यानमा राख्दै यससम्बन्धी सम्मेलनसमेत हुने गरेको छ। नेपालमा हालै नवौं संस्करणको ट्याटु सम्मेलन भएको छ। ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भएको सम्मेलनमा विभिन्न आर्टिस्टले आफ्नो कला देखाएका थिए भने ट्याटु खोपाउन आउनेको पनि उत्साहजनक उपस्थिति थियो।

सम्मेलनमा नेपालका अतिरिक्त विदेशबाट आएका आर्टिस्टसमेत सहभागी थिए। सम्मेलनमा आर्टिस्टहरुले विभिन्न डिजाइनका टटु बनाएका थिए भने टटुप्रेमीहरुले चाहेको डिजाइनमा आफ्नो शरीरमा टटु खोपाएका थिए।यसरी ट्याटु खोपाउनेमा नेपाली युवा–युवतीका अतिरिक्त विदेशी पर्यटकसमेत रहेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्