स्टम्पमा ब्याटले हान्ने रोहितलाई जरिवाना

rohit-sharma
लाेकपाटी न्यूज

काठमाडौं। मुम्बई इण्डियन्सका कप्तान रोहित शर्मामाथि खेल भावनाविपरीत अनुचित व्यवहारका लागि जरिबाना लगाइएको छ।

इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतबार राति भएको कोलकाताविरुद्धको खेलमा आउट भएपछि रोहितले अम्पायरको निर्णयको विरोध जनाउँदै स्टम्पमा ब्याट्ले हानेका थिए।

रोहितको यो व्यवहारलाई इण्डियन प्रिमियर लिगको आचारसंहिता उल्लंघन मान्दै उनीमाथि खेलको शुल्कको १५ प्रतिशत जरिबाना लगाइएको हो। आइतबार भएको खेलमा मुम्बईले कोलकातासँग ३४ रनको हार बेहोरेको थियो भने कोलकत्ताले लगातार ६ खेलको हारलाई तोड्न सफल भएको छ।

कोलकाताले पहिले ब्याटिङ गर्दै २ सय ३२ रनको विशाल योगफल तयार पारेको थियो। २ सय ३३ रनको लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएको मुम्बईले २० ओभर खेल्दै १ सय ९८ रनमात्र बनाउन सक्यो।

यो खेलमा रोहित ह्यारी गुर्नेको बलमा एलबीडब्ल्यू आउट भएका थिए। रोहितले अम्पाएरको निर्णयलाई नकार्दै डीआरएस लिएका थिए र थर्ड अम्पायरले पनि उनलाई आउट नै दिए। अम्पायरको निर्णयबाट असन्तुष्ट भएका रोहितले मैदान छोड्नुपूर्व नन स्ट्राइकको स्टम्पमा ब्याटले हानेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्