अर्थमन्त्री डा. खतिवडा फिजी प्रस्थान, किन गए ?

Yubraj khadiwada
लाेकपाटी न्यूज

काठमाडौं, १७ वैशाख । अर्थमन्त्री डा. युवराज खतिवडा एशियाली विकास बैंकको बोर्ड अफ गभर्नर्सको ५२ औं वार्षिक बैठकमा भाग लिन आज फिजीतर्फ प्रस्थान गरेका छन्।  आगामी मे ०२–०५ सम्म फिजीको नादीमा आयोजना हुने बैठकमा मन्त्री खतिवडाले नेपालको गर्भनरको रुपमा वार्षिक बैठकका विषय सूचीहरुमा धारणा राख्ने बताइएको छ।

बैठकमा अर्थमन्त्री खतिवडाले एशियाली विकास बैंकका अध्यक्ष तथा दक्षिण एशियाका महानिर्देशक, युरोपियन लगानी बंैक, ओफिडलगायतका वित्तीय संस्थाहरुका उच्च पदस्थ प्रतिनिधिहरुसँग महत्वपूर्ण छलफल तथा भेटघाट गर्ने कार्यक्रम तय भएको छ । सचिवालयका अनुसार अर्थमन्त्री डा. खतिवडाले दक्षिण एशियाली क्षेत्रीय सहयोग (सार्क) अर्थमन्त्रीस्तरीय अनौपचारिक बैठकलाई अध्यक्षता गर्दै सम्बोधन गर्नेछन्। यसका साथै सार्क विकास कोषको गर्भनिङ काउन्सिलको बैठकमा समेत सहभागी हुनेछन्।

उनले बैठक र द्धिपक्षीय वार्ताको क्रममा नेपालको संंघीयता कार्यान्वयन, पूर्वाधार निर्माणलगायत समग्र विकासको लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटाउन आवश्यक पहल गर्नुका साथै नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको सन्देश विश्व समुदायका वित्तीय क्षेत्रका जानकारहरुलाई दिनेछन्। उनले मुलूक संघीयता कार्यान्वयनको चरणमा भएकाले वित्तीय संघीयतालाई व्यवहारिक रुपमा सफल कार्यान्वयनको प्रक्रियामा प्रवेश गरेको विश्व समुदायलाई जानकारी दिने जनाइएको छ।

उक्त बैठकमा सहभागी हुन अर्थमन्त्रीसहित अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमूख पनि फिजी प्रस्थान गरेका छन् । अर्थमन्त्री खतिवडा २१ गते साँझ स्वदेश फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्