अमेरिकालाई सूचना बेच्ने ४ कर्मचारीलाई किमले दिए मृत्युदण्ड

kim jon NORTH KOREA
लाेकपाटी न्यूज

एजेन्सी। उत्तर कोरियाली नेता किम जोङ उनले विदेश मन्त्रालयका ४ कर्मचारीलाई मृत्युदण्ड दिएका छन्। अमेरिकालाई सूचना बेचेको आरोपमा उनीहरुलाई मृत्युदण्ड दिइएको जापानी सञ्चार माध्यम एसिया प्रेसले जनाएको छ।

गत फेब्रुअरी महिनामा अमेरिका र उत्तर कोरियाबीचको दोस्रो शिखरवार्ता असफल भएपछि उत्तरले ४ कर्मचारीलाई मृत्युदण्ड दिएको थियो। शिखरवार्ता अगाडि नै ती कर्मचारीले अमेरिकालाई सूचना दिएका थिए। त्यसमार्फत् पैसा लिएको बताइएको छ।

उत्तर कोरियाली एजेन्डाबारे अमेरिकालाई पहिले नै थाहा भएपछि दोस्रो शिखरवार्ता असफल भएको उत्तर कोरियाली आशंका छ। गत वर्षको जुन महिनामा अमेरिका र उत्तर कोरियाबीच पहिलो शिखर वार्ता भएको थियो।

उत्तर कोरियाले अमेरिकासँग क्षेप्यास्त्र निशस्त्रीकरण गर्ने अनौपचारिक सम्झौता गरेको थियो। त्यसयता कुनै क्षेप्यास्त्र परिक्षण नगरेको उत्तरमाथि लागेका प्रतिबन्ध अमेरिकाले फुकुवा नगरेपछि यसै वर्षको फेब्रुअरीमा ट्रम्प र किमबीच दोस्रो शिखर वार्ता भयो।

तर ट्रम्पले उत्तरमाथिको पूर्ण प्रतिबन्ध नखुलाउने बताएपछि वार्ता असफल भयो। उत्तरले अमेरिकाले पूर्ण प्रतिबन्ध हटाउनुपर्ने माग गर्दै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्