यस्तो छ आईतबारसम्मको मौसम पूर्वानुमान

raining pic
लाेकपाटी न्यूज

काठमाडौं, २० वैशाख। पश्चिमी वायुको प्रभावले शुक्रबार बिहानदेखि सुरू भएको हावाहुरी र वर्षा शनिबारसम्मै रहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

केन्द्रीय राजधानी काठमाडौंलगायत देशका मध्य र पूर्वी भागमा अहिले हल्का पानी परिरहेको छ। महाशाखाका मोसमविद् राजु प्रधानाङ्गले शनिबारसम्मै हावाहुरी र वर्षा हुने संभावना रहेको बताए।

मेघ गर्जनसहित केही स्थानमा भारी वर्षा र केही ठाउँमा हल्का वर्षा हुने तथा हावाहुरी चल्ने भएकोले सचेत हुनुपर्ने उनको भनाइ छ। ‘पश्चिमी वायु र ओडिशाबाट उत्तरपूर्व अघि बढिरहेको फानीले हावाहुरी र मौसम बदली भएको हो,’ उनले भने, ‘मध्य र पूर्वी क्षेत्रमा यसको प्रभाव देखिन्छ। हावाहुरी र वर्षा हुन्छ।’

मध्यपूर्व र पूर्वमा शनिबारसम्म नै मौसम बदली हुने उनले बताए।आइतबारदेखि मौसममा सुधार आउने उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्