अमेरिकी सर्वोच्च अवार्ड गल्फर टाइगर वुड्सलाई

Tiger
लाेकपाटी न्यूज

एजेन्सी। अमेरिकी नागरिकले पाउने सर्वोच्च अवार्ड यो वर्ष गल्फर टाइगर वुड्सलाई प्रदान गरिने भएको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १५ मुख्य उपाधि उचालेका वुड्सको सम्मानमा उनलाई ‘प्रेसिडेन्टल मेडल अफ फ्रिडम’अर्को साता वासिङ्टनमा प्रदान गर्ने निर्णय गरिएको बताएका छन्।

सन् १९६३ देखि शुरुवात गरिएको सम्मान अमेरिकी सुरक्षा र देशको हितमा काम गर्ने र राष्ट्रका लागि योगदान गर्ने व्यक्तिलाई प्रदान गरिँदै आइएको छ। लामो समय चोटले सताएका वुड्सले आफ्नो कमब्यागमा अगस्टमा मास्टर २०१९ को उपाधि उचालेका थिए।

त्योसँगै उनले ५ पटक मास्टरको उपाधि उचालेका थिए भने १५ औं मुख्य उपाधि उचालेका हुन्। उनले जित निकाल्ने बित्तिकै राष्ट्रपति ट्रम्पले ट्विट गर्दै सम्मान गर्ने निर्णय गरेको थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्