इंग्लिस प्रिमियर लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो

khel pic 3
लाेकपाटी न्यूज

काठमाडौं, २२ वैशाख। न्यूकासल युनाइटेडलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।

शनिबार राति भएको खेलमा लिभरपुलले न्यूकासलमाथि ३–२ को जित निकाल्यो। कठिन खेलमा लिभरपुललाई विजयी गराउन डिभोक ओरीगीले ८६औं मिनेटमा निर्णायक गोल गरेका हुन्।

यसअघि, लिभरपुलका लागि भर्जिल भान डाइक र मोहम्मद सालाहले गोल गर्दा न्यूकासलका क्रिश्चियन अत्सु र सोलोमन रन्डनले एकरएक गोल फर्काएका थिए। यो जितसँगै लिभरपुलले उपाधि जित्ने सम्भावना जीवित राखेको छ। लिगमा ३७ खेल खेलेको लिभरपुलको ९४ अंक भएको छ।

एक खेल कम खेलेको म्यानचेस्टर सिटी ९२ अंकसहित दोस्रो स्थानमा छ। म्यानचेस्टर सिटीले सोमबार राति लेस्टर सिटीसित खेल्नेछ। उता, कार्डिफ सिटी इंग्लिस प्रिमियर डिभिजनबाट दोस्रो श्रेणीमा झरेको छ। शनिबार राति भएको खेलमा क्रिस्टल प्यालेससित ३–२ ले पराजित हुँदै कार्डिफ ‘रेलिगेसन’मा परेको हो।

प्रिमियर लिग फुटबलका अरु खेलहरुमा बर्नमाउथले ९ खेलाडीमा सीमित टोटनह्याम हट्सपरलाई १–० ले हराउँदा वेस्टह्याम युनाइटेडले साउथह्याम्पटनलाई ३–० ले तथा वुल्भरह्याम्पटनले फुल्हमलाई १–० ले पराजित गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्