लिविया भीडन्तमा ८७ काे मृत्युु

libia
लाेकपाटी न्यूज

काठमाडौं, २२ वैशाख। लिबियाको राजधानी त्रिपोलीको दक्षिणी क्षेत्रमा ८७ जनाले ज्यान गुमाएका छन् भने ५७ जना घाइते भएका छन्।

पछिल्ला केही वर्षदेखि जारी युद्धमा एक सय ८७ जनाले ज्यान गुमाएको र एक हजार एक सय ५७ जना घाइते भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका छन्।

‘सरकारले कैयौं घाइतेहरुलाई उपचारका लागि ट्युनिसिया, टर्की, इटाली र युक्रेनमा स्थान्तरण गरेको छ,’ चिकित्सा क्षेत्र अन्तर्गत सरकारी बलका प्रमुख तारेक अल महशिरीले भने।

लामो समयसम्म लिबियामा शासन गरेका मुअम्मर गद्दाफी सन् २०११ मा मारिएपछि लिबियामा हिंसा र राजनीतिक अस्थिरता कायम छ।  संयुक्त राष्ट्र समर्थित सरकार (जीएनए) ले शनिबार जारी गरेको बयानमा भनिएको छ, ‘सन् २०१४ को लिबिया गृहयुद्धमा ज्यान गुमाएका सात सय १० जनालाई शहीद घोषणा गरिएको थियो।’

लिबियाको बिग्रँदो सुरक्षा स्थितिलाई देखेर अन्तर्राष्ट्रिय शक्तिहरुले त्यहाँबाट आफ्ना सुरक्षाकर्मीहरु हटाउन सुरु गरिसकेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्