अनुष्कालाई ‘मिस नेपाल’ वल्र्ड २०१९ को ताज

Miss-Nepal-World-2019-Anushka-Shresth
लाेकपाटी न्यूज

काठमाडौं, २६ वैशाख। मिस नेपाल वल्र्ड २०१९ को ताज अनुष्का श्रेष्ठले पहिरिएकी छिन्। बिहीबार भएको फाइनलमा अन्य प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले ताज जित्न सफल भएकी हुन्।

उनलाई मिस नेपाल वल्र्ड २०१८ की विजेता श्रृङ्खला खतिवडाले ताज लगाई दिइन्। यस्तै मिस नेपाल युनिभर्स २०१९ को उपाधि प्रदिप्ता अधिकारीले जितेकी छिन्।

मिस नेपाल अर्थ २०१९को ताज रिया बस्नेत, मिस नेपाल इन्टरनेशनल २०१९को ताज मिरा कक्षपति र मिस नेपाल सुपर नेशनल २०१९ को ताज रोज लामाले जितेकी छिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्