गर्भवती आमाको मृत्युदर बढदो : किन बढछ मातृ मृत्युदर ?

pregnant
लाेकपाटी न्यूज

काठमाडौं, २७ वैशाख। प्रसूतिजन्य मृत्युदर बढेको एक अनुसन्धानले देखाएको छ। संयुक्तराज्य अमेरिकामा प्रसूतिजन्य मृत्युदर बढेको एक अनुसन्धानले देखाएको हो।

यस्तो समस्या खासगरी अमेरिकाका कालाजातिका महिलामा बढी देखिएको छ। अमेरिकी रोग नियन्त्रण केन्द्र (सीडीसी) का अनुसार सन् २०११ देखि २०१५ को अवधिमा तीन हजार ४०० भन्दा बढी महिलाको मृत्यु भएको थियो।
अर्थात् प्रति एक लाख जीवित जन्ममा करिब १७.२ मृत्यु हुने गरेको छ।

गोरा जातिका महिलामध्येप्रति जीवित जन्ममा १३ जनाको मृत्यु हुने गरेको छ। काला जातिका महिलामा भने योभन्दा तीन गुणा बढी छ। प्रति १ लाख जीवित जन्ममा ४२ जनाभन्दा बढी आमाहरुको मृत्यु हुने गरेको अध्ययनले देखाएको छ।यी मृत्युमध्ये ३३ प्रतिशतको मृत्यु एक सातादेखि एक वर्ष्भित्र हुने गरेको छ।

आमाहरुको मृत्यु हुने मुख्य कारणहरुमा मुटुरोग, सङ्क्रमण र रक्तश्राव रहेका छन्। सीडीसीको प्रतिवेदनमा मृत्यु भएकामध्ये करिब ६० प्रतिशतलाई बचाउन सकिने उल्लेख छ। राज्य र समुदाय समेतका स्वास्थ्य सेवा प्रदायकको प्रभावकारी भूमिकाबाट महिलालाई जोगाउन सकिने प्रतिवेदनमा जनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्