विप्लवका युवा संगठनका जिल्ला अध्यक्ष पक्राउ

Biplab netra bikram chand
लाेकपाटी न्यूज
0 Shares

रुकुम पश्चिम, २७ वैशाख। रुकुम पश्चिममा विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन्। विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मा पक्राउ परेका हुन्।

प्रहरीले अध्यक्ष शर्मालाई रुकुम पश्चिमको चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट पक्राउ गरेको हो। पक्राउ गर्ने क्रममा शर्मा भाग्न खोज्दा प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

शर्मालाई पक्राउ गर्ने क्रममा एक जना प्रहरी घाइतेसमेत भएको जिल्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्