सद्धाम हुसेनलाई आजीवन कारावास 

husen
लाेकपाटी न्यूज

झापा, २७ वैशाख । झापामा एक व्यक्तिलाई अदालतले आजीवन कारावासको फैसला गरेको छ। मुलुकी अपराध संहिता ऐन २०७४ लागू भएसँगै आजीवन कारावासको फैसला गरेको हो।

नयाँ कानून कार्यान्वयनमा आएसँगै झापामा पहिलोपटक आजीवन कारावासको फैसला भएको अदालतका श्रेष्तेदार दुर्गाप्रसाद खनालले जानकारी दिए।

उनका अनुसार कमल गाउँपालिका ६ मंगलबारेका कपडा व्यापारी खेमराज पौडेलको हत्यामा संलग्न सद्धाम हुसेन मिँयालाई आजीवन कारावासको फैसला भएको हो।

उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा २११ विपरीत ऐन दफा २१३ बमोजिम सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना, सोही ऐनको १७७ (१०) को कसुरमा सोही ऐनको १७७ बमोजिम जन्मकैदको सजाय तोकिएको श्रेष्तेदार खनालले बताए।

उनका अनुसार अपहरण गरी पोडैलको हत्यामा कसुर ठहर गर्दै सोही ऐनको दफा ४३ (२०) बमोजिम हुसेनलाई आजीवन कैदको सजाय सुनाइएको हो।

सोही ऐनको दफा २१७ तथा ज्यान मार्नेतर्फ १८६ बमोजिम प्रतिवादीबाट पत्नी जाहेरवालालाई एक लाख क्षतिपूर्ति भराइदिने आदेश समेत भएको बताइएको छ।

हुसेनले पौडेलको गतवर्ष भदौं २६ गते घाँटी र टाउकोमा छुरा प्रहार गरी हत्या गरेका थिए। सद्धामले आफै पौडेललाई पैसा लिन आउनु भनी गौरीगन्ज बोलाएर एकान्तमा लगि हत्या गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्