हरेक महिना मोदीले ८० लाख खर्चेर शृङ्गार गर्छन् (भिडियाेसहित)

modi -make up
लाेकपाटी न्यूज

नयाँ दिल्ली, २८ वैशाख। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो शृङ्गारमा ८० लाख भारतीय रुपैयाँ खर्च गर्ने खुलासा भएको छ। प्रधानमन्त्री मोदीले हरेक महिना ८० लाख खर्चेर शृङ्गार गर्ने दाबीसहित एक भिडियो सार्वजनिक भएको हो।

सामाजिक सञ्जालमा प्रधानमन्त्री मोदीको शृङ्गार खर्चसहितको भिडियो सार्वजनिक भएपछि अहिले त्या भाइरल बनिरहेको छ। करिब ४५ सेकेन्डको उक्त भिडियोमा केही महिला शृङ्गारकर्मी मोदीका छेउछाउ देखिन्छन्। अधिकांशले यस भाइरल भिडियोलाई हेरेर आलोचना गरेका छन्।

उनीहरुले भिडियो सेयर गर्दै लेखेका छन्, ‘यी हुन् गरिबका छोरा, जसले शृङ्गार गरिरहेका छन्।’ फेसबुक र ट्वीटरमा यस भिडियो हजारौँपटक हेरिएको छ। सूचनाको हकको पक्षमा काम गर्दै आएका मानिसहरुले यस भिडियो सार्वजनिक गरेका बताइएको छ। उनीहरुका अनुसार मोदीले हरेक महिना श्रृंगारका लागि ८० लाख खर्च गर्दछन्।
गुरुग्राम कांग्रेसको आधिकारिक फेसबुक पेजमा समेत यस भिडियो हालिएको छ।

जहाँ यस भिडियो ९५ हजारभन्दा बढीले हेरेका छन्। बीबीसी हिन्दीको अनुसन्धानमा यस भिडियो सक्कली भएको पुष्टि भयो। तर यसको प्रयोग गलत सन्दर्भमा सार्वजनिक गरिएको देखियो। भिडियोमा मोदीसँग देखिने शृङ्गारकर्मीहरु मोदीका व्यक्तिगतशृंगारकर्मी समेत नभएको बताइएको छ।

यस्तो छ भिडियोको वास्तविकता

प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक शृंगारको भिडियो सन् २०१६ मार्च महिनाको हो। यस भिडियो लन्डनस्थित मशहुर मेडम तुसाद म्युजियमले सार्वजनिक गरेको थियो।

म्युजियमका अनुसार आफ्ना २० शृंगारकर्मी भारतस्थित प्रधानमन्त्री नरेन्द्र मोदीको मूर्ति बनाउनका लागि त्यहाँ पुगेका थिए। सोही समयमा यो भिडियो खिचिएको थियो। उनीहरुले ४ महिना लगाएर मोदीको मूर्ति समेत बनाए थिए। यसको अर्थ सो भिडियोमा देखिने शृंगारकर्मीहरु मोदीका व्यक्तिगत श्रृंगारकर्मी नभएर लन्डनस्थित म्युजियमका शृंगारकर्मी हुन्।

म्युजियमका अनुसार मोदीको मूर्ति लन्डनको म्युजियममा मे २८ अप्रिलदेखि राखिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्