नर्समाथि शोषण गर्नेलाई कारबाही हुन्छ : मन्त्री बिष्ट

Gokarna Bista-5
लाेकपाटी न्यूज

काठमाडौं, २९ वैशाख। नर्समाथि श्रम शोषण गर्नेलाई कारबाही हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले अस्पताल तथा स्वास्थ्य संस्थालाई नर्समाथि शोषण नगर्न चेतावनी दिएका छन् ।

अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा बाेल्दै मन्त्री विष्टले भने, ‘‘नर्सहरुमाथि शोषण गर्नेलाई कडा कारबाही हुन्छ । अस्पतालले नर्सहरुलाई उचित पारिश्रमिक दिनुपर्छ । न्यूनतम पारिश्रमिक नदिने अस्पताल र स्वास्थ्य संस्थालाई श्रम ऐन अन्तर्रगत कार्वाही गर्छौं।’

मन्त्री बिष्टले अस्पताल तथा स्वास्थ्य संस्थालाई पीडित पक्षले दिएको उजुरीको आधारमा कारबाही गरिने उल्लेख गरे।