जेठ ७ गते विश्वासको मत लिँदै प्रधामन्त्री प्रचण्ड

PM_Prachanda
लोकपाटी न्यूज

काडमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चौथो पटक विश्वासको मत लिने भएका छन्। जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिन लागेका हुन्।

उनले जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसदको कार्यसूचीमा राख्नका सभामुख देवराज घिमिरेलाई पत्र पठाएका छन्। उनले संविधानको धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिनका लागि संसदको कार्यसूचीमा समावेश गर्न पत्र पठाएपछि तयारी थालिएको सभामुखको सचिवालयले जनाएको छ।

२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले त्यही २६ गते विश्वासका मत लिएका थिए। त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई समर्थन गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्