कांग्रेसले प्रतिनिधि सभामा असभ्य व्यवहार देखायो : केपी ओली

KP_Oli
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले बिहीबारको प्रतिनिधि सभामा असभ्य व्यवहार देखाएको आरोप लगाएका छन्। शुक्रबार शीर्ष नेताबीचको छलफलबाट बाहिरिने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै ओलीले यस्तो बताएका हुन्।

अध्यक्ष ओलीले कांग्रेसका सांसदहरुले सरकारबाट आफूले हटाइदिएको आरोप लगाएर रिस देखाएको बताए। बिहीबारको संसद बैठकमा नेपाली कांग्रेस र एमालेका सांसदबीच धकेलाधकेल भएको थियो।

प्रतिपक्षी कांग्रेस सांसदहरूले वेल घेरेर नाराबाजी गरिरहेको अवस्थामा सभामुखले गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएका थिए। कांग्रेसले गृहमन्त्रीलाई रोक्न खोजेपछि ओलीले कांग्रेसका धनराज गुरूङलाई बोलाएर त्यहाँबाट हट्न भनेका थिए। ओलीले हट्न भनेपछि कांग्रेस सांसद गुरूङले थप जोडतोडका साथ नारा लगाएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्