काँग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

लोकपाटी न्यूज

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक संसद् भवनस्थित काँग्रेस संसदीय दलका नेताको कार्यकक्षमा केहिबेरमा बस्दै छ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी जनाएको छ। आजको संसद् बैठकमा विपक्षी दलहरूको साझा रणनीति तय गर्न बैठक बोलाइएको बुझिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आज सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यक्रम छ। यस्तै, काँग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्