पेस्तोलसहित दुई जना पक्राउ

Gun
लोकपाटी न्यूज

काठमाडौं। सप्तरीको खडक नगरपालिका-८ भदियाबाट पेस्तोलसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुरूङगा नगरपालिका-६ श्रीपुर बस्ने ४५ वर्षीय बिशेश्वर प्रसाद साह र काठमाडौं टोखा नगरपालिका-८ बस्ने ४२ वर्षीय बम बहादुर तामाङ रहेका छन्।

बोदेबर्साईनबाट बिसनपुरतर्फ जाँदै गरेको स.६ प ५९०८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा शुक्रबार राति प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको साथमा १ थान पेस्तोल, सोही पेस्तोलमा लाग्ने गोली २ राउण्ड र म्यागजिन २ थान फेला परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पेस्तोल भेटिएपछि मोटरसाइकलमा सवार उनीहरूलाई हतियारसहित पक्राउ गरेको थियो। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्