देउवा निवास बुढानीलकण्ठ पुगे प्रधानमन्त्री प्रचण्ड

Prachanda_Deuba
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख प्रतिपक्षी दल काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास बुढानीलकण्ठ पुगेका छन्। उनीहरूबिच सहकारीको रकम अपचलनको छानबिनका लागि गठन गर्ने कार्यदलको कार्यादेशसहित सदनको गतिरोध अन्त्यका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै काँग्रेसले सदन अवरुद्ध गर्दै आएको छ। आइतबार बोलाइएको संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्