आशा जगाउने गरी बजेट बनाएका छौं : अर्थमन्त्री पुन

Barsaman_Pun
लोकपाटी न्यूज

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षलाई आर्थिक सुधार वर्षको रूपमा घोषणा गरी अघि बढाउने भएको छ। संघीय संसदबाट अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

निजी क्षेत्रमा आत्मविश्वास बढ्दै गएको र आर्थिक सुधारको संकेत देखिँदै गएको मन्त्री पुनले बताए। अर्थमन्त्री पुनले शिथिल रहेको मुलुकको अर्थतन्त्र सरकारको प्रयासमा चलायमान हुँदै गएको दाबी गरे।

उनले आम नागरिकमा आत्मविश्वास र आशा जगाउने गरी बजेट बनाएको बताए। उनले नयाँ चरणको आर्थिक सुधारको आवश्यकता पनि औँल्याए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्