हत्या गरेको अभियोगमा पक्राउ

Arrest pic
लोकपाटी न्यूज

बझाङ। कुटपिट गरी आफ्नो ठुलीआमाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका- ११ तल्लो मौरेबांज बस्ने ३६ वर्षीय हरजित बहादुर पातली रहेका छन्।

उनले मादक पदार्थ सेवन गरेर आफ्नै ७० वर्षीया ठुलीआमा कलुली देवी पातलीलाई कुटपिट गरेका थिए। कुटपिट गर्दा कलुलीको घटनास्थलमै मृत्यु भएको थिए।

उक्त घटनाको खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट पुतलीलेक र जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले हरजितलाई मंगलबार राति पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्