बजेटमा व्यापक छलफल गर्न अध्यक्ष ओलीको निर्देशन

KP_Oli
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री वर्षमान पुनले नेकपा (माओवादी केन्द्र) प्रति ढल्किएको बजेट ल्याएका टिप्पणी गरेका छन्। शनिबार बसेको एमालेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको उनले उल्लेख गरे। ओलीले बजेटमा केही कमीकमजोरी भए पनि त्यसमा व्यापक छलफल गरेर पारित गर्नुपर्ने बताए। उनले बजेटमा रहेका सकारात्मक पक्ष र कमिकमजोरी हेरेर प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिए।

अध्यक्ष ओलीले बजेट निर्माण प्रक्रियामा नै कमीकमजोरी सरकारले गरेको दावी गरे। उनले सरकारमा सहभागी दलसँग परामर्श गरेर सदनमा बजेट पेस भएको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्