गृहमन्त्री लामिछानेले कांग्रेस नेताहरूलाई दिएको अभिव्यक्तिमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : गगन थापा

Gagan_Thapa
लोकपाटी न्यूज

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताहरू लक्षित गर्दै दिएको अभिव्यक्तिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ लिनुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद् एवं महामन्त्री गगन थापाले गृहमन्त्री लामिछानेले आफ्ना नेताहरूलाई लगाएको आरोपहरू रेकर्डमा हटाउन समेत माग गरे।

‘कि प्रधानमन्त्रीले वन गर्नु, (स्वामित्व लिनुस्) । होइन भने सदनबाट हटाउन भन्नुस्’ थापाले भने, ‘होइन भने प्रधानमन्त्रीसँग हिसाबकिताब लिइन्छ। यही सदनमा लिइन्छ।’

यही जेठ ६ गतेको प्रतिनिधि सभाको बैठकमा थापालाई लक्षित गर्दै गृहमन्त्री लामिछानेले विदेशीलाई सूचना बेचेको गम्भीर आरोप लगाएका थिए।यस्तै उनले सहकारी गठी प्रकरणमा गठित संसदीय विशेष समितिले गर्ने काम महत्वपूर्ण हुने बताए। सांसद थापाले समितिले गृहमन्त्री लामिछाने,महान्यायाधिवक्ता र आईजीपीको समेत बयान लिने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्