जनताले सदनलाई बाँदर उपहार पठाउन लागेका छन् : चन्द्र भण्डारी

Chandra_Bhandari
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले कृषकहरूले सदनलाई बाँदर उपहार पठाउन लागेको बताएका छन्। आइतवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले संसदमा किसानका मुद्दा नउठेकाले जनताले बाँदर उपहार पठाउन लागेको बताएका हुन्।

सांसद भण्डारीले बारीका छरेका मकै टुसा हाल्न नपाउँदै बाँदरले सखाप पारेको र पीडा सदनमा नउठेको भन्दै कृषकले बाँदर उपहार पठाउन लागेको बताए।

‘अहिले नेपालको सञ्चारमाध्यममा सडक विभागले काम गर्न सकेन धुलै–धुलो भयो भनेर काठमाडौं महानगरका मेयरले पठाएको धूलो उपहारको चर्चा छ। त्यसैगरी जनताहरू जसले हामीसँग प्रश्न गर्नुभएको छ, सदनमा भुँइमान्छेका कुरा उठाउने ठाउँमा झगडा गरेर समय बिताएका छौँ। जनताले भर्खर मकै छरेका छन्, टुसा निस्कने बेलामा बाँदर आएर टुसा खान थालेका छन्, किसानलाई बाँदरले अस्तव्यस्त भएका छन्,’ उनले संसदमा भने, ‘अहिले किसानहरू भन्दैछन्, हाम्रो कुरा नउठाउने बाँदर जम्मा गर्दैछन रे, यो सदनलाई बाँदरहरू उपहार दिने रे !

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्