टी-२० विश्वकप : नामिबियाको विजयी सुरुवात

oman-cricket-pic
लोकपाटी न्यूज

काठमाडौं। आईसीसी टी-२० क्रिकेट विश्वकप क्रिकेटमा नामिबियाले विजयी सुरुवात गरेको छ। सोमबार बिहान भएको ओमानविरुद्धको खेल नामिबियाले सुपर ओभरमा जितेको हो।

२२ रनको लक्ष्य पाएको ओमानले ६ बलमा १० रन मात्र बनाउन सक्यो। सुपर ओभरमा पहिले ब्याटिङ गरेको नामिबियाले २१ रन बनाएको थियो।सोमबार बिहान भएको खेलमा ओमानले दिएको ११० रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले ६ विकेटको क्षतिमा १०९ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्