आज कति छ सुनचाँदीको मूल्य ?

gold
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। बुधबार सुन तोलाको ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५०० मा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन प्रतितोला १ लाख ४२ हजार ७ सयमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ। चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १८२५ रुपैयाँमा कारोबार भइरहेको छ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्