मधेशका मुख्यमन्त्री यादवले २८ जेठमा विश्वासको मत लिने

sarojkumar yadb pic
लोकपाटी न्यूज

काठमाडौं। मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले २८ जेठमा मात्र विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले बुधबार अपराह्न ३ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वास मत लिने कार्यसूची थियो। तर उनले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै २८ जेठमा विश्वासको मत लिने भनी प्रदेशसभामा जानकारी गराएका छन्।

मुख्यमन्त्री यादव जनता समाजवादी पार्टी नेपाल मधेस संसदीय दल नेतासमेत हुन्। बुधबार जसपा नेपालको संसदीय दल बैठकले जेठ २८ गते मुख्यमन्त्री यादवले विश्वास मत लिने निर्णय गरेको प्रमुख सचेतक रामअशिष यादवले जानकारी दिए।

३० वैशाखमा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएका कारण उनले ३० जेठसम्म विश्वासको मत लिनुपर्नेछ ।मुख्यमन्त्री यादवले विश्वास मत लिने समय सारेर दलहरूसँग संवाद गरी सरकार टिकाउने कोसिससमेत गर्ने तयारी गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्