काँग्रेसमा निर्वाचन प्रक्रियाबाट उम्मेदवार चयन गर्ने परिपाटी बसाऔं : नेता साउद

NP_Saud
लोकपाटी न्यूज

जुम्ला। नेपाली काँग्रेसका नेता एनपी साउदले पार्टीमा निर्वाचन प्रक्रियाबाट चुनावको समयमा उम्मेदवार चयन गर्ने परिपाटीको विकास गर्नुपर्ने बताएका छन्। काँग्रेस जुम्लाले सदरमुकाम खलंगामा आज आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रियामा उनले निर्वाचन प्रक्रियाबाट उम्मेदवार चयन गरे पार्टीमा देखिने विवाद मत्थर हुने विश्वास व्यक्त गरे।

‘अब बिस्तारै हामी कहाँ एउटा परिपाटी के चलाउनु पर्ने आवश्यकता देखिएका छ भने इलेक्सन सिस्टमबाटै हामीले उम्मेदवार चयन गर्ने पद्धति विकसित गर्नुपर्छ,’ नेता साउदले भने, ‘निर्वाचनका माध्यमबाट उम्मेदवार चयनको प्रक्रिया अपनायौं भने विवाद कम हुन्छ।’ उनले प्रजातन्त्रमा मान्छेको मन-मुटु जित्नु महत्त्वपूर्ण कुरा भएको भन्दै पार्टीलाई आरोप-प्रत्यारोपको परिपाटीबाट मुक्त हुने गरी सञ्चालन गर्नुपर्नेमा जोड दिए।

‘प्रजातन्त्रमा मान्छेको हर्ट एन्ड माइन्ड जित्नु महत्त्वपूर्ण छ। प्रजातन्त्रमा मान्छेको हृदय जित्नु, मान्छेका च्वाइसहरुभित्र आफू पर्न सक्नु अत्यन्तै महत्त्वपूर्ण छ,’ पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका साउदले भने, ‘त्यस कारण अब हामीले बिस्तारै आक्षेपको परिपाटीबाट मुक्त हुने किसिमले पार्टी सञ्चालन गर्नुपर्छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्