प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली जाँदै आज

PM_Prachanda
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको मैत्रीपूर्ण मिन्त्रणामा आज नयाँदिल्ली जाँदै छन्। भारतीय समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्रीमा तेस्रो कार्यकालको शपथग्रहण गर्ने समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल दिउँसो साढे १ बजे नेपाल एयरलाइन्सबाट नयाँ दिल्ली जान लागेका हुन्। मोदीलाई आज अपराह्न राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूले शपथ गराउने कार्यक्रम छ।

प्रधानमन्त्रीका साथ कानून मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री छोरी एवं स्वकीय सचिव गंगा दाहाल तथा परराष्ट्र मन्त्रालयका शिस्टाचार महापाल बिष्णु गौतमलगायत रहने छन्।

शपथग्रहण समारोहपछि प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।भारत सरकारले शपथग्रहण समारोहमा नेपालसहित बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्सलगायतका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखलाई निमन्त्रणा गरेको छ।प्रधानमन्त्री प्रचण्ड सोमबार अपराह्न स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्