जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध

Upendra Yadav
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी ९जसपा० नेपालको केन्द्रीय अध्यक्ष पदमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन्। जनकपुरधाममा जारी राष्ट्रिय महाधिवेशन अन्तर्गत अध्यक्ष पदमा यादवको मात्र उम्मेदवारी परेको थियो।

निर्वाचन प्रक्रियाअनुसार जसपा नेपालको नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको थियो। बाँकी पदाधिकारी तथा सदस्यहरूमा बढी उम्मेदवारी परेकोले निर्वाचक प्रक्रिया अनुसार नामावली प्रकाशन गर्ने तयारी भइरहेको निर्वाचन समितिले जानकारी दिएको छ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्