प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

prachanda-oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। यी दुईबीच बुधबार अपराह्न सिंहदरबारमा भेट भएको हो। भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग राम्रो छलफल भएको बताए।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा भित्र्याउने तयारी र संसद्मा सरकारको आगामी आर्थिक वर्षको बजेटबारे छलफल भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार एमाले अध्यक्ष ओलीसँग छलफल गरेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्