हवाई उडानका लागि उड्डयन मौसम सेवा महत्वपूर्ण छ : मन्त्री बस्नेत

Shakti_Basnet
लोकपाटी न्यूज

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हवाई उडानका लागि उड्डयन मौसम सेवा अति आवश्यक र महत्वपूर्ण रहेको बताएका छन्।

जल तथा मौसम विज्ञान विभागद्वारा आज यहाँ आयोजित एक कार्यशाला गोष्ठीमा उनले सुरक्षित हवाई उडानका लागि उड्डयन मौसम सेवा निकै प्रभावकारी भएकाले यसको थप विस्तार गरेर अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन्।

उनले भने, ‘हाम्रो भूगोल हिमाल, पहाड, तराई रहेका छन्, सुरक्षित उडानका लागि उड्डयन मौसम सेवाको निकै आवश्यकता छ, नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा यसलाई थप अगाडि बढाउनुपर्छ।’

उनले सुरक्षित हवाई उडानका लागि उड्डयन मौसम सेवाको क्षमता विकास र विस्तारमा मन्त्रालयले गर्नुपर्ने आवश्यक सहयोगका लागि सधैँ तयार रहेको र उक्त क्षेत्रमा सबै निकायबाट सहयोगको खाँचो रहेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्