झापामा दुई बालकसहित आमा मृत अवस्थामा फेला

death
सांकेतिक तस्वीर
लोकपाटी न्यूज

झापा। झापाको शिवसताक्षीमा दुई बालकसहित आमा मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीका अनुसार शिवसताक्षी नगरपालिका-३ भोटेपुल निवासी सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा,उनका छोराहरू ९ वर्षका बिशाल बेस्रा र ३० महिनाका आयुष बेस्रा मृत फेला परेका हुन्।

महिला झुन्डिएको र छोराहरू कोठाभित्रै भुँइमा लडेको अवस्थामा फेला परेको एसपी केसीले बताए। आफ्ना दुई छोरालाई विष खुवाइ हत्या गरेपछि महिलाले आत्महत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ। मृतक सुजन बेस्रा वैदेशिक रोजगारीमा रहेको बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्