भक्तपुर। १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले चाँगुनारायण नगरपालिका-६ नगरकोट बस्ने ३८ वर्षीय कृष्णबहादुर तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार तामाङले ती किशोरीलाई पटक/पटक जबरजस्ती करणी गरेको पीडित पक्षको उजुरीका आधारमा पक्राउ गरिएको हो। प्रहरीका अनुसार तामाङले ती किशोरीलाई २०८० चैतदेखि पटक/पटक जबरजस्ती करणी गर्ने गरेका थिए।
पछिल्लो पटक २०८१ जेठ १२ गते दिउँसो भक्तपुर नगरपालिका-१ दुधपाटी स्थित न्यू भक्तपुर गेष्ट हाउसमा ललाई फकाई, डरधाकधम्की देखाई जबरजस्ती करणी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उक्त घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनकारी दिएको छ।