काठमाडौं। टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकासँग नेपालले तेस्रो विकेट गुमाएको छ। १३.४ ओभरमा अनिल साह आउट भए। अनिल २४ बलमा तीन चौका र एक छक्का सहित २७ रन जोडेर आउट भए। तर आउट हुनु अगाडि ओपनर आसिफ शेखसँग राम्रो साझेदारी गरे ।
अनिलको विकेटपछि दीपेन्द्र सिंह ऐरी ब्याटिङमा आएका छन्। ३५ रन जोड्दा कुशल भुर्तेल र कप्तान रोहितकुमार पौडेल आउट भएपछि साह क्रिजमा आएका थिए। अनिलले आसिफसँग ५० रनको साझेदारी गरे। ११६ रनको लक्ष्य पछ्याएको नेपालले १४ ओभरमा ८६ रन जोडेको छ।