नेकपा एसका केन्द्रीय नेता स्वतः महाधिवेशन प्रतिनिधि

yakikrit_Samajbadi
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरूको हकमा स्वतः महाधिवेशन प्रतिनिधि बन्ने प्रावधान गरेको छ। यसअघि केन्द्रीय परिषद् बैठकले पार्टीको केन्द्रीय अध्यक्षदेखि सामान्य नेतासमेत कार्यकर्ताबाट महाधिवेशन प्रतिनिधि चुनिएर आउनुपर्ने व्यवस्था गरेको थियो।

उक्त व्यवस्थाले केन्द्रीय तहका केही नेता महाधिवेशन प्रतिनिधि बन्न नपाउने भएपछि नेकपा एसले केन्द्रीय तहका नेताहरूलाई स्वतः प्रतिनिधि छनोट गर्न लागिएको विभाग प्रमुख खतिवडाले जानकारी दिए। केन्द्रीय नेताहरू महाधिवेशन प्रतिनिधि बन्न तल्लो तहका कार्यकर्ताबाट अनुमोदित हुन नपर्ने व्यवस्था गरेको उनले बताए।

केन्द्रीय कमिटीलाई महाधिवेशन प्रतिनिधि बन्न पाउने नियम बनाइएको नेता खतिवडाले जानकारी दिए। केन्द्रीय आयोगका सदस्यहरू पनि केन्द्रीय नेतासँगै प्रतिनिधिका रूपमा छनोट हुनेछन्। यसअघि केन्द्रीय परिषद् बैठकले महाधिवेशनमा लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन गर्न तथा नेतालाई कार्यकर्ताप्रति थप जिम्मेवार बनाउन पार्टीको केन्द्रीय अध्यक्षदेखि सामान्य नेतासमेत कार्यकर्ताबाट अनुमोदित भएर महाधिवेशन प्रतिनिधि आउनुपर्ने व्यवस्था गरेको थियो।

यद्यपि विभिन्न निर्वाचन क्षेत्र तथा कलस्टरबाट चुनिएर आउने व्यवस्था कायमै राखिएकाले त्यस क्षेत्रबाट आउने प्रतिनिधि तल्लो तहका कार्यकर्ताबाट अनुमोदित हुनुपर्ने उनले जानकारी दिए। एक सय २५ जना कार्यकर्ता बराबर एक जना प्रतिनिधि छनोट गरिने छ भने दलित, युवा, महिला समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको छ। नयाँ नेतृत्व चयन गर्ने पार्टीको दशौं महाधिवेशन यही असार १६ देखि २० गतेसम्म हुँदैछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्