मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष गच्छदारको निधन

pic-12
लोकपाटी न्यूज

विराटनगर। मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ। अध्यक्ष गच्छदारको सोमबार दिउँसो मृत्यु भएको नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले बताए।

स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। चार महिनाअघि भएको राष्ट्रियसभा निर्वाचनका लागि विराटनगर आएका उनी १० माघमा ब्रेन ह्यामरेज भएर थलिएका थिए। माझीका अनुसार गच्छदारको मंगलबार अन्तिम संस्कार गरिनेछ। अध्यक्ष बिरामी भएपछि चार महिनायता उपाध्यक्ष गुणवतीदेवी थारुले कार्यवाहक अध्यक्षको रूपमा काम गरिरहेकी छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्