पहिरोले डुम्रे-बेँसीसहर सडक अवरुद्ध

Pahiro_Sadak
लोकपाटी न्यूज

काठमाडौं। लगातारको वर्षाले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ। बेँसीसहर नगरपालिका-१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि निरन्तर पानी परिरहेकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन्। बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेँसीसहर र बेँसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु समस्यामा परेका छन्।

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्