इरानको एक अस्पतालमा आगलागी, नौ जनाको मृत्यु

fire
लोकपाटी न्यूज

काठमाडौं। इरानको उत्तरी सहर राश्तको अस्पतालमा मंगलबार आगलागी हुँदा नौ जनाको मृत्यु भएको छ। सरकारी मिडियाका अनुसार घेम अस्पतालमा सोमबार १ः३० बजे भएको आगलागी नियन्त्रणमा लिनुका साथै अनुसन्धानकर्ताहरूले घटनाको अनुसन्धान गरिरहेका छन्।

“दुर्भाग्यवश, यो आगलागीमा नौ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरु अधिकांशलाई सघन उपचार कक्षमा भर्ना गरिएको थियो“, राश्तको गिलान युनिभर्सिटी अफ मेडिकल साइन्सेजका अध्यक्ष मोहम्मद तागी असोबीले भने।

राज्य प्रसारणकर्ता आईआरआईबीका अनुसार अस्पतालमा भएका २५० बटा शैयामा १४२ शैया आगलागीमा घाइते हुनेहरुले भरिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्