प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

Sansad_samsad
लोकपाटी न्यूज

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बैठक बुधबार बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ।

सांसदहरू पुष्पबहादुर शाह, अमरेशकुमार सिंह, प्रेम सुवाल र ध्रुवबहादुर प्रधानले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शिर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ।

त्यसैगरी दोस्रो बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयस सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय, र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमामाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरुले दिने कार्यसूची रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्