कवाडी लगेर महानगरको कार्यालय र मेयर बालेनको घर अगाडि थुपारिदिनु : अमरेश कुमार सिंह

Amresh_Kumar_Singh
लोकपाटी न्यूज

काठमाडौं। स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले कवाडी व्यवसायीहरूले सबै कवाडी महानगरको कार्यालय र मेयर बालेन शाहको घर अगाडि लगेर थुपारिदिन आग्रह गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले काठमाडौंमा आन्दोलित रहेका कवाडी व्यवसायीमाथि प्रहरीले दमन गरेको भन्दै बालेनले सिकाए जस्तै कवाडी लगेर उनको कार्यालय र घर अगाडि थुपारिदिन आग्रह गरेका हुन्।

उनले कवाडी व्यवसायीको शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरिएको भन्दै यसलाई आफूले मधेशीमाथिको दमनको रुपमा हेरेको टिप्पणी गरेका छन्। उनले काठमाडौंमा हुने आन्दोलनमा अन्य र मधेशीमाथि विभेद हुने गरेको बताउँदै डा. सिंहले अरु आन्दोलनमा पानीको फोहोरा हान्ने प्रहरीले मधेशीको प्रदर्शनमा लाठी बर्साएको आरोप लगाए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्