स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली

Cricket_Nepal
लोकपाटी न्यूज

काठमाडौं। आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता प्रतियोगिताको समूह चरणको खेल खेलेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएका छन्। अमेरिका र वेस्टइण्डिजमा भएको विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले चार खेल खेलेकोमा तीनमा हार तथा एक खेल बराबरी खेलेको थियो। नेपाली टोलीलाई क्यानका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थिए।

विश्वकप क्रिकेटमा नेपाल समूह डी मा परेको थियो। नेपालको समूहमा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स रहेका थिए। नेपालले अमेरिकामा दुई खेल र वेस्टइण्डिजमा समान दुई खेल खेलको थियो। अमेरिकामा भएको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको थियो।

त्यस्तै श्रीलंकविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्ध भएसँगै दुवै टोलीले समान एक/ एक अंक बाँडेका थिए। त्यसपछि वेस्टइण्डिजमा भएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपाल एक रनको झिनो अन्तरले पराजित भएको थियो। त्यस्तै समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएसँगै नेपालको विश्वकप यात्रा समाप्त भएको थियो।

विश्वकपमा नेपालसँगै श्रीलंका र नेदरल्यान्डस् प्रतियोगिताबाट बाहिरिएका थिए। त्यस्तै दक्षिण अफ्रिका र बंगलादेश भने सुपर आठमा पुगे। दक्षिण अफ्रिका समूह डी को शीर्ष र बंगलादेश दोस्रो स्थानमा रहँदै सुपर आठमा पुगेका हुन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्