आज कति छ सुनचाँदीको मूल्य ?

Gold
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला ६ सयले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो। महासंघका अनुसार आज छापावाल १ लाख ४२ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस अघि बुधबार छापावाल सुन १ लाख ४२ हजार २०० र तेजाबी सुन १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य तोलाको ३५ रुपैयाँले बढेर प्रतितोला १८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्