आज कति छ सुनचाँदीको मूल्य ?

Gold
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन छापावाल सुन तोलामा १ हजार ९०० रुपैयाँ बढ्दै तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो।

यस्तै छापावाल सुन प्रति १० ग्राम भने १ लाख २४ हजार ५५ रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ। यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा १ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर १ हजार ८६५ रुपैयाँमा कारोबार भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्