जिल्ला न्यायाधीश नियुक्तिका लागि ८ जनाको नाम सिफारिस

nyaya_parisad_
लोकपाटी न्यूज

काठमाडौं। जिल्ला न्यायाधीशमा नियुक्तिका लागि ८ जनाको नाम सिफारिस भएको छ। न्याय सेवा आयोगले लिखित र अन्तर्वार्तापछि खुल्लातर्फ ४ र आन्तरिक खुल्लातर्फ ४ जनाको नाम सिफारिस गरेको हो।

आयोगका प्रवक्ता एवम् सहसचिव अशोककुमार क्षेत्रीका अनुसार खुलाबाट पहिलो नम्बरमा कमलकान्त जोशी, तेस्रो नम्बरमा वसन्त राज जोशी, छैटौं नम्बर नितिज राई र आठौं नम्बरमा चन्द्रमणि चापागाईँ सिफारिस भएका छन्।

त्यस्तै आन्तरिक खुलातर्फबाट दोस्रो नम्बरमा नारायण सापकोटा, चौथो नम्बरमा मणिराम ज्ञवाली, पाँचौं नम्बरमा अन्जनराज सापकोटा र सातौं तिलक कार्कीको नाम सिफारिस गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्